भारतकाे लखनऊबाट दुई नेपाली बालककाे उद्वार

नेपालगन्ज । भारतको लखनऊबाट दुई बालश्रमिकको उद्धार गरिएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार बालश्रमिकका रुपमा काम गर्दै आएका रौतहटकाे गढीमाई नगरपालिका वडा-७ का १७ वर्षीय इब्रान शेख र सुर्खेतकाे रामपोखराका १६ वर्षीय विकास थापाको उद्धार गरिएको हाे ।

उनीहरुलाई थ्री एन्जल्स बाँके, देहात संस्था रुपैडिया भारत र इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेको संयुक्त पहलमा उद्धार गरिएको जनाईएकाे छ ।

उद्धार गरिएका दुवै जना बालकलाई परिवारमा पुर्नस्थापनाका लागि सिबिन नेपाल बाँकेको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

Previous articleपेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि
Next articleएआएनका अध्यक्ष कोइरालालाई नेपालगन्जमा सम्मान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here