एआएनका अध्यक्ष कोइरालालाई नेपालगन्जमा सम्मान

नेपालगन्ज । अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको नेटवर्क एशोसिएशन अफ इन्टरनेशन एनजियोज नेपालका अध्यक्ष डा. शुसिल कोइरालाले नेपालका गैरसरकारी सस्थाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ ।

अध्यक्ष कोइरालाले नेपालका विभिन्न समस्या र सवालको उठान नागरिक समाजले उठाएर सरोकारवाला निकायलाई कार्यन्वयन गर्नमा मद्दत पुरयाएको बताउनुभयो ।

सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा आज बुधबार आयोजित अध्यक्ष कोराइलाको स्वागत तथा भेटघाट कार्यक्रममा अध्यक्ष कोइरालाले सरकारका हरेक काम कारवाही प्रक्रियालाई सहयोग पुरयाएको भन्दै राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो –‘नेपालको लोकतान्त्रिक व्यवस्थामा नागरिक समाजविना राज्यको परिकल्पना गर्न सकिन्दैन । त्यसैले नागरिक समाजको रक्षा गर्न सरकारको प्रमुख जिम्मेवारी हो ।’

कार्यक्रममा नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष अधिबक्ता सुनिल श्रेष्ठले व्यवसायिक पेशागत संगठनहरुको भुमिका ठुलो रहेको र यसप्रति आम नागरिकहरुको विश्वास पनि बढी रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले स्वागत गर्दै बाँके जिल्लामा नागरिक समाजको अभियान तथा सफलताका बारेमा जानकारी गराउनु भएको थियो ।

त्यस अवसरमा नेपाल बारका पुर्ब केन्द्रीय उपाध्यक्ष अधिबक्ता प्रहलाद बहादुर कार्की, उच्च अदालत नेपालगन्ज बारमा पुर्ब अध्यक्षहरु लोकबहादुर शाह, बलबहादुर चन्द, विकास आचार्य, एडभोकेसी फोरमका क्षेत्रीय संयोजक बसन्त गौतम, फियान नेपालका सुरेश गौतम, अधिकारकर्मी रविन्द्र कर्ण, कृष्णमुरारी प्रसाद भटट लगायतले बोल्नुभएको थियो ।

अध्यक्ष कोइराला विगतमा नेपालगन्जमा नागरिक अभियानको शुरुवात गरि उत्प्रेरणामुलक कार्य गर्नुभएको बारेमा स्मरण समेत गरिएको थियो ।

Previous articleभारतकाे लखनऊबाट दुई नेपाली बालककाे उद्वार
Next articleकोरोना विरुद्धको खोप लगाउँदै गुरुवागाउँ विद्यालयका बालबालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here