
मेरो बुबाले भने अनुसार-२०३८ सालको माघ महिनाको बिहानपख सूर्य उठाउँदै, अकाश रातो रङ्गमा रहेको समयमा मेरो जन्म भयो । त्यसकारण नै मेरो नाम सूर्यलाल रहन गयो । जन्म, घाम लाग्दै सूर्यसंग जोडिएपनि मेरो जीवनमा कहिल्यै पनि सूर्यको किरणले भने साथ दिएन ।
मेरो जीवनमा, माया, प्रेम संस्कार अपुरो नै रह्यो । लामो समयसमा पाउनुपर्ने माया दैवले साथ दिन मानेन किन होला थाहा छैन । ४ वर्षको उमेरसम्म मात्रै आमाको काखको माया पाए ।
आमा नहुँदाको पिडा कस्तो हुन्छ, त्यो मलाई मात्र थाहा छ । मैले के भोगे भनेर एउटा नारीविहिन घर–परिवारमा संस्कार हुन्छ, आमा भएको भए शायद केही फरक हुन्थ्यो कि जीवन ? र दैवले पनि साथ दिन्थ्यो होला ।
मेरो बाल्यकालको जीवनमा परिवारिक साथ र सहयोगमा कैंयौं बाधा, अडचन र संकट आए । २०४१/०४२ सालतिर मेरो गाउँ सिधनियामा राप्ती नदीले कटान गर्दा सिंगो गाउँ नै राप्तीमा ब्लिन भयो । त्तपश्चात हामी नजिकै रहेको कम्दी गाउँमा आफन्तको जग्गामा बाजे, ठुलो बुबा, बुबा र मसहितको परिवार बसाई सर्यो र घर बनाई बस्यौं ।
हाल आएर ति आफन्तीले नियतबस घर न घाटको बनाउने प्रयास गरेका छन् । किनकी हामीले बनाएको घरको जग्गा आफन्तीको नाममा छ । बाजे, बुबादेखि मेरो पुस्तासम्म नामसारी नहोला जस्तो छ ।
पक्की घर बनाएका कारण उक्त जग्गाको बारेमा हामी अन्यौलमा छौं । अहिले हामी पुरै परिवार आफन्तबाट थप तनावमा छौं । बुबाको भनाई अनुसार परिवारमा महिलाको उपस्थिति नभएका कारण मेरो १८ वर्षमै विवाह भयो । हाल मेरो २ छोरा, २ छोरी, श्रीमती, ठुलो बुबा, बुबा र मसहित ८ जनाको परिवार छ ।
जीवनमा मैले बुबाको संस्कार नै पाए । हालसम्म मैले जीवनमा धेरै तनाव, संकट र दःख भोगे, जुन यहाँ वर्णन गरी सम्भव छैन । त्यसका लागि मेरो जीवनीको एउटा पुस्तक नै लेख्नुपर्छ । मैले जीवनमा आफ्ना लागि केही गर्न नसक्दा थप तनावमा हुन्छु । अब बाँकी जीवनमा केही गर्न सकिन्छ कि ? म जीवनमा थप दुःखित त्यहाँ हुन्छ जहाँ, जुन समुदाय र परिवेशमा हुर्के त्यही समाजका व्यक्तिहरुले मलाई चिन्न नसकेको सकेनन ।
समाजमा बाल्यकालदेखि नै केही नयाँ परिवर्तन, सुधार, संस्कार नैतिकता, सम्मान र अनुशासनशिलता ल्याउन चाहन्थे तर समाजले मलाई त्यो गर्नमा कहिले पनि सहयोग गरेन । अहिले म आफु जन्मेको क्षेत्र छोडेर अन्तै जानुपर्ने अवस्था आएको छ । मैले समाजमा केही परिवर्तन गर्न खोज्दा समाजले हेर्ने दृष्टिकोण फरक भईदिन्छ । समाजमा कैंयौ क्षेत्रबाट परिवर्तन गर्न चाहे तर म सफल हुन सकेन् ।
उल्टै समाजबाट गाली, अपमान, अपवाद र झुठा आरोप लागे जसलाई मैले जीवनका भोगाई, जिउने र सिक्ने अवसर बनाएको छु । म अहिलेपनि आफ्नै जातिय संगठन सामाजिक संघ संस्थाका माध्यमबाट म जन्मेको ठाउँमा शिक्षाको उज्यालो प्रकाशबाट चेतनशील बनाउन चाहन्छु ।
तर म कति सफल हुन्छु, आफैलाई थाहा छैन । हाल आएर म राजनीतिको माध्यमबाट समाजमा केही गर्ने सोच लिएर अघि बढेको छु । समाजमा केही परिवर्तनको आशा जगाउने साेंच छ । हेरौं कति सफल हुन्छु । समाज र परिवारको सहयोग बिना कुनैपनि परिवर्तन सम्भव छैन । त्यस कारण साथी भाईहरुको अटुट सहयोग र साथले समाजको थोरै सहयोग हुने हो भने मैले सोचेको शुन्दर, शिक्षित र सभ्य समाज निर्माण बन्न समय लाग्दैन ।
अहिलेसम्म मेरो जीवनको बिभिन्न बाधा, अवरोध, अडचनमा सहयोगी वनी सहयोग गरेका सम्पूर्ण साथी भाईहरुप्रति हार्दिक नमन गर्दछु । भविष्यमा पनि सहयोग साथ र सहयोग पाइरहुँ ।
अन्त्यमा मेरो जन्मदिनको अवसरमा हौसला, उत्प्रेरणा र साथ पाउने आशा, अपेक्षा राखेको छु । मैले मेरो जन्मदिनको अवसरमा मनका केही कुरा खेल्न चाहे, पिडा पोख्न पाए, पिडा अली कम हुन्छ कि भन्ने अपेक्षासहित सबैमा हार्दिक आभार व्यक्त गर्दछु । मेरो बाँकी जीवन यसरी नै बितोस भनि माता बागेश्वरीसंग प्राथना गर्दछु । सबैको जय होस ।





