
नेपालगन्ज । प्रेमीसँग नै बिहे गर्छु भन्दै बाँकेकी एक किशोरी माेबाईल टावरमा चढेकी छन् ।
प्रेमसँगकाे सम्बन्ध घरवारपरिवारले नस्वीकारेपछि बाँके डुडुवा गाउँपालिका वडा नम्बर १ उचुवा सन्तलियाकी एक १८ वर्षीया सफिक निषा माेबाईल टामा चढेकी हुन् ।
टावरमा चढेर उनले आफ्नाे प्रेमीलाई बाेलाएपछि मात्रै तल झर्ने भन्दै ढिपि गरेकी थिईन् । ईलाका प्रहरी कार्यालय बेतहनी र जिल्ला प्रहरी कार्यालयकाे प्रहरी टाेलीले उनले सम्झाएपनि उनी आफ्नाे कुरामा ढिपि गरेकी थिईन ।
किशाेरीकाे घर वडा नम्बर १ मा रहेपनि उनले वडा नम्बर २ काे जाफरपुर्वा भन्ने गाउँकाे टावरमा चढेकी थिईन । वडा नम्बर २ का वडा अध्यक्ष दुर्गाप्रसाद बर्माले प्रेमीका लागि किशाेरी टावरमा चढेकाे आफुले थाहा पाएकाे बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक जीवराज थापाले प्रेमीका लागि ती किशाेरी टावरमा चढेकाे बताउनुभयाे । थापाका अनुसार किशोरीका आफन्त आएर सम्झाएका थिए ।
उनले आफ्नाे गाउँकाे केटासँग प्रेम थियाे । केटी पनि मुस्लिम समुदायकै भएकाे भएपनि घरपरिवारलाई उक्त प्रेम स्वीकार्य नरहेकाे स्थानीय बताउँछन् ।
घट्नामा किशाेरीले प्रेम गरेकाे केटाेकाे नाम कहिँ कसैले खुलाउन चाहेकाे छैन । धेरै सम्झाई बुझाई गरेपछि उनलाई टावरबाट झर्न सफल भएकाे थियाे । लगत्तै प्रहरीले साेधपुछका लागि जिल्ला लगेकाे थियाे ।





