कोरोना विरुद्धको खोप लगाउँदै गुरुवागाउँ विद्यालयका बालबालिका

साहिल शेष
नेपालगन्ज । नेपाल राष्ट्रिय आधारभूत विद्यालयले स्वास्थ्य चौकी गुरुवागाउँ वडा नम्बर ५ को सहयोगमा आफ्ना बालबालिकालाई कोरोना विरुद्धको खोप लगाएको छ ।

विद्यालयले कोरोना विरुद्धको खोप लगाउन आउन आह्वान गरेपछि बालबालिकाहरु स्वस्फूर्त रुपमा विद्यालय उपस्थित भइ खोप लगाएका हुन ।

१२ देखि १७ बर्ष उमेरका खोप लगाउने बालबालिकाको सहभागिता र खोपप्रति चासो बढेको बिद्यालयकी प्रधानाध्यापक संध्या शर्माले बताउनुभयो ।

यो भन्दा पहिलेको खोप अभियानमा जानकीका सर्वसाधारणले खासै चासो नदिएपनि अभिभावकले बालबालिकालाई खोप लगाउन उत्साहित देखिएका छन् ।

कोरोना विरुद्धको खोप लगाउनु पर्छ भन्ने चेतना यहाँका सर्वसाधारणमा बढेको छ । अहिले अभिभावकहरु उमेर पुगेका आफ्ना छोराछोरीलाई विद्यालयको खोप केन्द्रमा खटिएका स्वास्थ्य चौकी प्रमुख तामलाल बेल्बासेले कोरोना विरुद्धको खोप लगाउने बालबालिकाको सहभागिता उत्साहजनक रहेको बताउनुभयो ।

बुधबार विद्यालयका करिब दुई सय ३० जना बालबालिकालाई कोरोना विरुद्धको पहिलो (मोर्डेना) खोप लगाएको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।

Previous articleएआएनका अध्यक्ष कोइरालालाई नेपालगन्जमा सम्मान
Next articleमेरो जन्मदिन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here