
नेपालगन्ज । बाँकेमा संचालन भएकाे पावर फाेर एवाई परियाेजनाकाे समापन समिक्षा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाकाे समन्ववयमा नेपालगन्जमा संचालन भएकाे करिब पाँच वर्षे परियाेजनाकाे नेपालगन्जमा समिक्षासंगै स्थानीय सरकारलाई स्वामित्व हस्तान्तरण गरिएको हाे ।
कार्यक्रममा बाल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले नेपालगन्जमा संचालन भएकाे यश कार्यक्रमले सकारात्मक पहल गरेकाे र धेरै किशाेरी किशाेरी, युवालाई सहयाेग पुगेकाे बताउनुभयाे ।
उहाँले यस कार्यक्रमले आवश्यकता भएकालाई नै आवश्यक सहयाेग प्रदान गरेर उनीहरूलाई जीवन निवार्हमा आशा जगाउने कार्य गरेकाले संस्थालाई धन्यवाद दिनुभयाे । साथै उहाँले यस्ताे महत्त्वपूर्ण कार्यक्रम सकिएकाे भएपनि स्थानीय सरकारले दिगाेपनाका लागि सक्रियता देखाउने बताउनुभयाे ।
कार्यक्रममा बाल्दै कार्यपालिका सदस्य वसन्त कनाेजियाले पिरयाेजना संचालन गरेकाे संस्थालाई धन्यवाद दिँदै संस्थाले नेपालगन्जमा पुर्याएकाे याेगदान अतुलनीय रहेकाे धारणा राख्नुभयाे । साथै उहाँले हाललाई समापन भएपनि नयाँ कार्यक्रम ल्याउन संस्थालाई आग्ह गर्नुभयाे ।
स्वामित्व हस्तान्तरण तथा समिक्षामा सेभ द चिल्ड्रेनका पावर फाेर एवाई परियाेजनाका केन्द्रीय बाल मुकुन्द महतले नेपालगन्जका प्रशासकीय अधिकृत बमलाई स्वामित्व हस्तान्तरण गर्नुभएकाे थियाे ।
साे अवसरमा संस्थाले हालसम्मकाे कार्यक्रम संचालनका क्रममा सहकार्य गरेका फर्महररूसंग समन्वय गरेर सहयाेगकाे एकदमै आवश्यकता भएका किशाेर किशाेरीलाई सहयाेग प्रदान गर्न तयार (स्वस्फूर्त रूपमा सहयाेग गर्ने जिम्मेवारी लिएका) फर्महरूलाई दाेसल्ला तथा प्रमाण पत्रले सम्मान गरेकाे छ ।
पावर फाेर एवाई परियाेजना सेभ द चिल्ड्रेनकाे साझेदारीमा नेपालगन्ज उपमहानगरपालिकाकाे समन्वयमा सामाजिक विकास मञ्च (एस डिएफ) ले नेपालगन्जमा संचालन गरेकाे थियाे । परियाेजना अन्तर्गत पढाईमा कमजाेर विद्यार्थीलाई थप कक्षाकाे व्यवस्था, शैक्षिक सामाग्री सहयाेग, उच्च शिक्षा अध्ययनमा सहयाेग, किशाेरी किशाेरीलाई जीवन उपयाेगी सीप तथा आफ्नै व्यवसाय, उद्यम गर्न चाहनेलाई स्टार्ट अप सहयाेग प्रदान गर्ने कार्य गर्दै आएकाे थियाे ।
समिक्षा तथा स्वामित्व हस्तान्तरण कार्यक्रममा नेपालगन्ज वडाा नम्बर १२ का वडा अध्यक्ष तरूण बज्राचार्य, २१ का राजकुमार साहू, २२ का अब्दुल गफ्फार, नेपालगन्जका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख गाेरख बहादुर थापा, सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जाेशी, महिला विकास अधिकृत आशा कुमारी शाही, संस्थाका वरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, कार्यक्रम संयाेजक महेन्द्र चन्द लगायतकाे उपस्थिति रहेकाे कार्यक्रम संस्थाका उपाध्यक्ष पार्वती घिमिरेकाे अध्यक्षतामा भएकाे थियाे ।






