गायिका लता मंगेशकरको निधन

नेपालगञ्ज । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ ।

कोरोना संक्रमण भएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो । केही दिनयता उहाँलाई भेन्टिलेटरमा राखिएको थियो ।

उहाँले ३६ भाषामा हजारौं गीत गाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उहाँले थुप्रै नेपाली गीत पनि गाउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गर्नुभएको छ ।

लताको निधनको बलिउड र संगीत क्षेत्र शोकमा छ । हजारौंले सामाजिक सञ्जालमा लताको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेका छन् ।

उहाँले भारतको प्रतिष्ठित भारत रत्न, दादा साहेब फाल्के लगायतका सम्मान तथा अवार्ड प्राप्त गर्नुभएको छ ।

Previous articleकिसानलाई क्षतिपुर्ति र रसायनिक मलको सहज व्यवस्थापनको माग गर्दै खजुरामा ज्ञापन पत्र
Next articleपेस्तोल आकारको लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here