लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

नेपालगञ्ज । वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ ।

भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।

कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लताको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले ट्वीटमा लताको निधनले देशमा खालीपन महसुस भएको उल्लेख गर्नुभयो ।

Previous articleपेस्तोल आकारको लाइटर बालेर स्थानीयलाई तर्साउने ७ जना पक्राउ
Next articleप्रदेश सरकारले गोठालो भत्ता दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here