प्रदेश सरकारले गोठालो भत्ता दिने

नेपालगञ्ज । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ ।

कर्णाली प्रदेशका हिमाली जिल्लाका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।

५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक पन्ध्र सय गोठालो भत्ता दिने भूमि व्यवस्था, प्रदेश सरकारको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका लगत संकलन भइरहेको जनाईएको छ ।

कालीकोटको पचालझरना गाउँपालिकाले दुई वर्षदेखि गोठालो भत्ता दिँदै आएको छ ।

Previous articleलता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा
Next articleदिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here