भारतले पाँचौ पटक उचाल्यो यु १९ विश्वकप क्रिकेटको उपाधि

एजेन्सी । इङ्ल्याण्डलाई हराउँदै भारतले पाँचौ पटक यु १९ विश्वकपको उपाधि जितेको छ । १९० रनको लक्ष्य पछ्याएको भारतले ४७.४ ओभरमा ६ विकेट गुमाउँदै उपाधि रक्षा गरेको हो ।

भारतको जितमा उपकप्तान शेख रशीद र अलराउण्डर निशान्त सिन्धुले अर्धशतकीय पारि खेले । भारतका लागि राशिदले ८४ बलमा ६ चौकासहित ५० रन जोड्दा ५४ बल खेलेका सिन्धु ५ चौका र १ छक्कासहित ५० रनमा नटआउट रहे । राज बावाले ३५ रन जोड्दा हार्नुर सिंहले २१ तथा कप्तान धुलले १७ रन जोडे ।

इङ्ल्याण्डका लागि जोश्ना बोयडेन, जामेश शेल्स र तोमास आस्पिनवालले समान २-२ विकेट लिए । यसअघि सर विवियन रिचर्ड्स क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ४४.५ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

उसका लागि जामेश रेउ ले सर्वाधिक ९५ रनको पारि खेले । ११६ बल खेलेका उनले १२ चौका प्रहार गरे पनि ५ रनले सतक बनाउन चुकेका थिए । जामेश सेल्सले ३४, जर्ज थोमसले २७ रन बनाउनुबाहेक अन्य ब्याटरले सम्हालिएर खेल्न सकेनन् । रेहान अहमद र एलेक्स होर्टोनले १०-१० रन बनाउनुबाहेक अन्यले ४ रन भन्दा बढी जोड्न सकेनन् ।

एक समय ७ विकेट गुमाएर ९१ रन मात्र बनाएको अवस्थामा इंग्ल्यान्डलाई आठौं विकेटका लागि जेम्स रिउ र जेम्स सेल्सले ९३ रनको साझेदारी गर्दै सम्मानीत स्कोरमा पुर्‍याएका थिए । भारतका लागि राज बावाले सर्वाधिक ५ विकेट लिँदा रवि कुमारले ४ विकेट हात पारे । थप विकेट कौशल ताम्बेले लिए ।

यो सँगै यश धुल नेतृत्वको भारतले पाँचौ पटक युवा विश्वकप हात पारेको हो । यसअघि भारतका लागि विराट कोहली, मोहम्मद कैफ, उन्मुक्त चन्द र पृथ्वी शले भारतलाई युवा विश्वकप दिलाएका थिए ।

Previous articleदिल्लीमा सोमबारदेखि शैक्षिक संस्थाहरु सञ्चालन हुने
Next articleबाँके प्रहरीद्धारा अपहरण पश्चात हत्या गरेर फरार मल्ल १० वर्षपछि पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here