
नेपालगञ्ज । बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले कर्तव्य ज्यान मुद्दाका फरार नेपालगञ्ज वडा नं १० भृकुटीनगरका ३० वर्षीय सौभाग्य मल्ललाई पक्राउ गरेको जनाएको हो ।
मल्लले २०६७ माघ ३ गते नेपालगञ्ज वडा नं-१ पारिजात मार्गका २१ वर्षीय हिमाल बुढालाई अपहरण पश्चात मारेर फरार थिए ।
बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासंग समन्वय गरी मल्ललाई २०७८ माघ २१ गते पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले मल्ललाई बिशेष सूचनाका आधारमा गोरखामा लुकिछिपी वसेको अवस्थामा पक्राउ गरेको छ ।
मल्ललाई आवश्यक कारबाहीको लागि बाँके जिल्ला अदालतमा बुझाएको छ ।





