
बाँके । बाँकेमा प्रहरीले ठुलो परिणाममा अबैध कपडा बरामद गरेको छ । भारतबाट अवैधरुपमा भन्सार छली नेपाल भित्र्याइएको कपडा प्रहरीले नेपालगञ्ज–१५ जमुनाहा गाउँबाट बरामद गरेको हो ।
गस्तीमा रहेको इलाका प्रहरी कार्यालय जमुनहाको टोलीले शुक्रवार राती करीव १ः३० बजे सो परिणामको कपडा बरामद गरेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनुभयो ।
उहाँका अनुसार बरामद गरिएको कपडाहरुमा पाँच सय थान कुर्ता, एक सय थान टी–शर्ट र दुई सय थान कुर्ता–सुरुवाल रहेको छ ।
ओसार–पसारमा संलग्न ब्यक्ति भने फरार छन् । बरामद कपडा नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।





