कर्णालीमा पाँच मन्त्रीले लिए सपथ, सरकारले पुर्णता पायो

सुर्खेत । कर्णाली प्रदेशमा पाँच मन्त्री नियुक्त भएका छन् । नवनियुक्त पाँच मन्त्रीले आइतवार बेलुकी प्रदेश प्रमुख तिलक परियार समक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कर्णालीमा तीन दलीय गठबन्धनको सरकार गठन भएको तीन महिनापछि थप पाँच मन्त्री नियुक्त भएका हुन् । नेपाली कांग्रेसबाट कात्तिक १६ गते जीवनबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

यसअघि दुई मन्त्री नियुक्त भइसकेका थिए । आज कांग्रेसबाट दुई, माओवादी केन्द्रबाट दुई र नेकपा एकीकृत समाजवाद पार्टीबाट एक मन्त्री थपिएका हुन् ।

कांग्रेसबाट यज्ञबहादुर बुढा सामाजिक विकास मन्त्री, र हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुन मन्त्री बन्नुभएको हो ।

यस्तै माओवादी केन्द्रबाट गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा र गैरसांसद छिरिङ डम्डुल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको हो ।

र एकीकृत समाजवादीका पदमबहादुर रोकाय भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री बन्नुभएको हो ।

यसअघि आजै मुख्यमन्त्री शाहीले पाँच मन्त्रीको नाम प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो ।

यससंगै मुख्यमन्त्री शाही नेतृत्वको सरकारले पूर्णता पाएको छ ।

Previous articleपेट्रोलियम पदार्थको मुल्य बृद्धि र एम सीसी बिरुद्ध नेपालगञ्जमा प्रदर्शन
Next articleद्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here