पेट्रोलियम पदार्थको मुल्य बृद्धि र एम सीसी बिरुद्ध नेपालगञ्जमा प्रदर्शन

नेपालगञ्ज । पेट्रोलियम पदार्थको मूल्य र राष्ट्रघाती एम सीसीको बिरुद्धमा नेपालगञ्जमा बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

जनताको ढाड सेक्ने गरि पटक पटक बढाएको पेट्रोलियम पदार्थको मूल्य र राष्ट्रघाती एम सीसीको बिरुद्ध आइतबार साँझ नेपालगञ्जमा बिद्यार्थीहरुले मसाल जुलुससहित प्रदर्शन गरेका हुन ।

अनेरास्ववियू बाँकेद्धारा गरिएको विरोध प्रदर्शन तथा मसाल जुलुस राष्ट्रघाती मानिएको एम सीसी खारेज गर, पेट्रोलियम पदार्थको मूल्य बृद्धि फिर्ता गर लगायतका नारा लगाइएको थियो ।

प्रदर्शनका क्रममा प्रहरीले गरेको हस्ताक्षेपका कारण केही बिद्यार्थीहरु आगोले पोलेर घाइते भएको अनेरास्ववियू सिटिईभिटी बाँके जिल्ला कमिटी सचिव नर प्रसाद जैसीले जानकारी दिनुभयो ।

Previous articleबाँके प्रहरीद्धारा अपहरण पश्चात हत्या गरेर फरार मल्ल १० वर्षपछि पक्राउ
Next articleकर्णालीमा पाँच मन्त्रीले लिए सपथ, सरकारले पुर्णता पायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here