खजुरामा शिक्षा क्षेत्र सम्बन्धि दश वर्षे योजना निर्माण कार्यशाला शुरु

खजुरा । बाँकेको खजुरा गाउँपालिकामा सोमबारदेखि शिक्षा क्षेत्रको दश वर्षे योजना निर्माण सम्बन्धी तीन दिने कार्यशाला शुरु भएको छ ।

खजुरा गाउँपालिकालेको आयोजनामा तथा प्लान इन्टरनेशनल नेपाल र सामाजिक सचेतन सरोकार मंच (स्याक नेपाल) बाँकेको सहकार्यमा गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षासंग सम्बन्धित क्षेत्रहरुका व्यक्तिको उपस्थितिमा उक्त कार्यशाला शुरु भएको हो ।

कार्यशालाको उद्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले गाउँपालिकाले खजुराको क्षेत्रको शिक्षा सुधारका लागि निरन्तर लगानी गरेको बताउनुभयो । गाउँपालिकाले संघ र प्रदेशस्तरबाट समेत उल्लेख्य मात्रामा खजुरामा लगानी भएको भन्दै यहाँ शैक्षिक नेतृत्व गर्ने व्यक्तिहरुले अब प्रतिफल कसरी ल्याउने भन्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले गाउँ आवधिक योजना कार्यपालिकाले अनुमोदन समेत गरिसकेको बताउनुभयो । अध्यक्ष कक्षपतिले बाँकेको ८ वटै स्थानीय तहमध्ये खजुराको शैक्षिक क्षेत्रको सुधारका लागि बिभिन्न कार्यक्रमहरु संचालन गरिएको दावी गर्नुभयो । यस्तै उहाँले कार्यशालाले सबै पक्षलाई समेटी नमूना दश वर्षे कार्य योजना निर्माण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका नेकपा एमालेका अध्यक्ष गेहेन्द्र प्रसाद धितालले गाउँपालिकाकै शिक्षा क्षेत्रकलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयमा गहन छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले गाउँपालिकाले चाल्ने शैक्षिक योजनामा पार्टीको समेत पूर्ण सहयोग रहने बताउनुभयो ।

खजुरा गाउँपालिकाका नेपाली कांग्रेस सभापति रमेश सिजालीले संस्थागत बिद्यालको पाठ्यपुस्तक कम्तीमा ५ वर्षसम्म एउटै खालको हुनेगरी कार्ययोजना निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सामुदायिक र संस्थागत बिद्यालयहरुमा एकरुपता ल्याउनुपर्ने बताउनुभयो ।

राजनीतिक सल्लाहकार भीम वलीले कोरोना संक्रमणका समयमा पनि एकैतहका शिक्षा कार्यलाई अगाडी बढाउने कार्य पालिकाले गरिरहेको बताउनुभयो । उहाँले कोरोना संक्रमणले सबैतिर अवस्था भएवाह भएका बेला सबै बिद्यार्थीहरुको अध्ययनलाई निरन्तर बनाउनका लागि आइसिटि कक्षामार्फत कक्षाहरु संचालन गरिएको बताउनुभयो ।

यो कार्यशालाले यी यस्ता बिपदका समयमा पनि कसरी पालिकालै शैक्षिक कार्यक्रम संचालन गर्ने भन्ने बारेमा समेत योजना निर्माणमा ध्यान पुर्याउन सझुाव दिनुभयो ।

गाउँपालिका शिक्षा समितिका संयोजक एव गाउँपालिका उपाध्यक्ष एकमाया बिक, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शिक्षक संगठनका प्रतिनिधि, बिद्यालयका प्रधानाध्यापक, शिक्षक, गाउँपालिका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याक नेपालका सिकाई परियोजना संयोजक लक्ष्मी प्रसाद शर्मा, सुपरभाईजर रज्जब अलि वागवान लगायतको उपस्थिति रहेको गाउँपालिका शिक्षा शाखा प्राबिधिक निर्मल रेग्मीले जानकारी दिनुभयो ।

तीन दिनसम्म चल्ने कार्यशालामा पहिलो दिन दश वर्षे योजनाको तयारी प्राबिधिक बिषयगत समिति गठन, योजना तर्जुसंग सम्बन्धि अवधारणा, स्थानीय परिवेशको आवश्यकता पहिचान गरी पुर्व निर्माण गरिएको गाउँपालिका आवधिक योजनाका बिषयमा छलफल गरिनेछ र दोस्रो र तेस्रो दिन बिषयगत क्षेत्रको मस्यौदा लेखन कार्य गरिनेछ ।

Previous articleद्वन्द्वमा बेपत्ता पारिएका परिवारलाई राहत दिइने
Next articleजानकी-३ मा रामनाथ माैर्यकाे अध्यक्षतामा नेपाली कांग्रेस टाेल समिति गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here