
नेपालगन्ज । बाँकेको जानकी गाँउपालिका वडा नं-३ बन्जारेगाँउमा रामनाथ मौर्यको अध्यक्षतामा नेपाली काँग्रेस टोल कार्य समिति गठन गरिएको छ ।
नेपाली काँग्रेस जानकी गा.पा ३ इन्द्रपुर वडा कार्य समितिका सभापति बिन्देश्वरी कुर्मीको अध्यक्षतामा मिति २०७८ माघ २४ गते बसेको भेलाले मौर्यको अध्यक्षतामा २७ सदस्य बन्जारेगाँउमा टोल कार्य समिति गठन भएको हाे ।
गठित टोल कार्य समितिको उपाध्यक्ष जैहरुल निशा बागवान,सचिव दौलत प्रसाद बर्मा, सहासचिव अकबर अलि नाउ, कोषाध्यक्ष जन्तुल शोष, सदस्य चितराज बर्मा, हरिचन्द रैदास, धनश्याम रैदास, लबकुश रैदास, हरिबंश मौर्य, भुलई मौर्य, कासीराम बर्मा, पुत्तन अलि नाउ, अजमत अलि बागवान, जगन्नाथ मौर्य, पुजा रैदास, मुकेश मौर्य, हसनी चमार, पुजा बर्मा, पर्वती बर्मा, पिलि चमार, शुसिला मौर्य, बैजनाथ मौर्य, रामगोपाल बर्मा, तैयब अलि नाउ, युवराज रैदास, राजकुमार मौर्य रहनु भएको छ ।
कार्यक्रममा क्षेत्रिय सदस्य राजन बर्मा, निवर्तमान सभापति अब्दुल रफिक बागवान, गाउँपालिका उपसभापति अजय बर्मा, सदस्य श्याम बर्मा लगायतको उपस्थिती रहेको वडा कार्य समितिका सचिव राम अचल धेवीले जानकारी दिनुभयाे ।






