प्रहरीद्धारा एक लाख ३३ हजार बराबरको सामान बरामद

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।

तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleनेपालगञ्जका नयाँ प्रमुख प्रशासकीय अधिकृत बस्नेतको स्वागत र सुवेदीको विदाई
Next articleनेपालगञ्जमा हात्तीपाईलेको रिप्रि टास सर्भे हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here