नेपालगञ्जमा हात्तीपाईलेको रिप्रि टास सर्भे हुने

नेपालगञ्ज । राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धी रिप्रिटास सर्भे नेपालगञ्जमा पनि हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ४ सल्यानीबागलाई केन्द्र बनाएर नजिकैका ३ स्थानमा गरिने सर्वेक्षणमा तीन सय जनाको रक्त नमूना संकलन गरिने भएको छ ।

५ बर्षभन्दा माथिका व्यक्तिमा हात्तिपाईले रोग भए÷भएको एकिन गर्न र आम औषधी सेवन कार्यक्रमको प्रभावकारिताका लागि सर्भे गर्न लागिएको हो । बाँकेमा ११ औं पटक आम औषधी कार्यक्रम संचालन भएपनि कार्यक्रम सफल हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाका बरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेल सहितको टोलीले सोमबार नेपालगञ्ज उपमहानगरपालिकामा अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा नगर प्रमुख डा.धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

Previous articleप्रहरीद्धारा एक लाख ३३ हजार बराबरको सामान बरामद
Next articleहजरत सामुदायिक वनमा कटान गरिएको ५०.१० क्यूफिट सालकाे काठ फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here