बघौडाको कालाफाँटामा नि:शुल्क आँखा शिविर, ८५ जनालाई रिफर

नरैनापुर । बृहत नि:शुल्क आँखा शिविर कार्यक्रम अन्तर्गत बुधबार बाँकेको नरैनापुर गाउँपालिकास्थित स्वास्थ्य चौकी कालाफाँटामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ ।

स्वास्थ्य चौकी कालाफाँटामा २ सय ५५ जनाको निःशूल्क आँखा परीक्षण गरी निःशुल्क औषधी बितरण गरिएको छ भने ८५ जनाको मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गर्न फत्तेबाल आँखा अस्पताल रिफर गरिएको छ ।

निःशुल्क शिविर फत्तेबाल आँखा अस्पताल, Partners For Equity DAK Foundation र नरैनापुर गाउँपालिकाको संयुक्त सहकार्यमा नरैनापुर गाउँपालिकाको सम्पूर्ण स्वास्थ्य केन्द्रहरुमा सञ्चालन हुन लागेको हो ।

माघ २७ गते बिहीबार नरैनापुरको स्वास्थ्य चौकी नरैनापुरमा नि:शुल्क शिविर सञ्चालन हुने जनाइएको छ ।

Previous articleखजुरामा शिक्षा क्षेत्रको दश वर्षे योजनाको खाका तयार
Next articleकमल थापाको लाईनकाले राप्रपा छाड्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here