
नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेकाे छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं-४ बाट अछामकाे तुर्माखाद गाउँपालिका वडा नं-७ का १८ वर्षीय प्रेम चलाउने र अछामकै पञ्चदेवल बिनायक नगरपालिका वडा न-४ का १८ वर्षीय गौरव विष्टलाईलाई ५२ ग्राम ५०० मि.ग्रा. ब्राउन सुगरसहित पक्राउ गरेकाे हाे ।
बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई माघ २६ गते सवा ५ बजे पक्राउ गरेकाे जनाएको छ । पक्राउ परेका दुबै जना हाल नेपालगञ्ज ४ बसपार्कमा बस्दै आएका थिए ।
फेला पारिएको धुलो पदार्थ नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेकाे बाँके प्रहरीले जनाएको छ ।





