खजुरा खानेपानीकाे अध्यक्षमा नाेक बहादुर बिजयी

खजुरा । बाँकेको खजुरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा नोकबहादुर गोदार (अरबिन्द) बिजयी हुनुभएको छ ।

शनिबार अबेर राति सार्वजनिक भएकाे मतपरिणाम अनुसार निकटतम प्रतिद्वन्दी सतिस निरौलालाई ६४ मतान्तरले पराजित गर्दै गाेदार अध्यक्षमा बिजयी हुनुभएको हाे ।

निरौलाले २६९ मत ल्याउँदा गोदारले ३३३ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै उपाध्यक्षमा श्रवणध्वज खड्का बिजयी हुनुभयाे ।

उहाँले २९२ मत प्राप्त गर्नुभयाे । यस्तै सचिवमा मदन सुनारले २८८ मतका साथ चुनाव जित्नुभयाे ।

कोषध्यक्षमा गिता सापकोटाले ३२१ मतका साथ बिजयी हुनुभयो । यसैगरी महिला सदस्यमा पम्फा तिवारी बिजयी हुनुभयो ।

सदस्यहरूमै प्रेमबहादुर बुढाथोकी, गाेपाल थापा, सुधिर कुमार शुक्ला, भक्तबहादुर गाेदार, लक्ष्मण कार्की र तेजेन्द्र बहादुर बिक बिजयी हुनुभएको छ ।

Previous articleशैक्षिक संस्थामा आजदेखि भौतिक रुपमै पठनपाठन
Next articleभारतीय बजार रुपईडिहाबाट पाँच किशोर किशोरीको उद्धार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here