शैक्षिक संस्थामा आजदेखि भौतिक रुपमै पठनपाठन

नेपालगञ्ज । कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन् ।

यसै अनुसार अधिकांश शैक्षिक संस्थामा आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो ।

माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन नगर्न नगराउन सूचीत गरे अनुसार शैक्षक संस्था खुलेनन् ।

कोभिड–१९ स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी फागुन १ गतेदेखि सञ्चालन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गृह मन्त्रालयलाई गत साता सिफारिस गरेको थियो ।

विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिसिएमसीले सिफारिस गरेको थियो ।

त्यसैगरी खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्न सिफारिस भएको छ ।

त्यस्तै सिसिएमसीको सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुने भएका छन् ।

Previous articleडुडुवामा एसईई पास गरेका छात्रालाई साइकिल प्रदान
Next articleखजुरा खानेपानीकाे अध्यक्षमा नाेक बहादुर बिजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here