एक होटल व्यवसायीसंग ४० लाख रुपैयाँ ऋण लिएर फरार

नेपालगन्ज । नेपालगन्जका एक होटल व्यवसायीसँग ४० लाख रुपैयाँ ऋण लिएका व्यक्ति फरार भएका छन् ।

नेपालगन्ज पुष्पलालचोकस्थित होटेल एलिशा विसीका सन्चालक देवेन्द्र बहादुर विसीसँग पुष ७ गते नेपालगन्ज वडा नम्बर २ कार्यालयमा कपाली तमसुक गरी ४० लाख ऋण लिएका सुर्खेत पन्चपुरी–४ का अर्जुन शाही फरार भएका हुन् ।

घरखर्च र व्यवसाय चलाउनका लागि पुष महिनाभित्र बुझाउने तमसुक गरी सापटी लिएका शाही माघ महिना बितिसक्दा पनि विसीको सम्पर्कका आएका छैनन् ।
उनले मोबाइल स्वीच अफ गरेका छन् भने फेसबुकमा पनि दोहोरो कुराकानी गर्दैनन् ।

केही दिन अघिसम्म उनले रकम फिर्ता गर्ने भन्दै कुरा बाहिर नल्याइदिन विसीलाई म्यासेन्जरमा लेखेका थिए । तर, हाल उनले दोहोरो कुराकानी गर्दैनन् । विसीले म्यासेन्जरमा पैसा फिर्ता गर्न गरेको अनुरोध हेरेपनि उनले उत्तर दिने गरेका छैनन् ।

साधारण होटेल सन्चालन गरी जोरजाम गरेको रकम चिनजानको आधारमा विश्वास गरेर सापटी दिएको विसी बताउनुहुन्छ, तर, अहिले शाहीले आफूलाई विश्वासघात गरेर फरार भएका छन् ।

आफूले शाहीलाई यथासक्य चाडो सम्पर्कमा आउन म्यासेज लेखेको र सम्पर्कमा नआए अदालत जाने तयारीमा रहेको बिसीले बताउनुभयो ।

Previous article२६०३ जेष्ठ नागरिकलाई न्यानो सामाग्री
Next articleहिमाका किशोर किशोरीलाई वकालत शीप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here