हिमाका किशोर किशोरीलाई वकालत शीप

जुम्ला । लैंगिक विभेदका साथै बालबालिकाहरुको अधिकार संरक्षणका लागि जुम्लामा सक्रिय किशोरकिशोरीहरुलाई दुई दिने वकालत शिप तालिम सम्पन्न भएको छ ।

आईतबार सम्पन्न तालिममा हिमा गाउँपालिकामा रहेको परिवर्तनका संवाहक समूहका एक्काइस जना किशोरकिशोरीहरुको सहभागीता रहेको थियो । परिवर्तनका संवाहक समुह सामाजिक कुरुती विरुद्ध नेतृत्व लिनका लागि गठन गरिएको समूह हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा आत्म सम्मानका लागि सहकार्य (क्याड), जुम्लाको आयोजनामा भएको तालिममा बालबालिकालाई प्रभाव पार्ने सवालहरुमा वकालत गर्ने शीपको बारेमा जानकारी दिइएको थियो ।

दुई दिने तालिममा हिमा गाउँपालिकामा बालबालिकासँग सम्बन्धित सवालहरुको पहिचानका साथै किशोरकिशोरीहरुले खेल्न सक्ने भूमिकाको बारेमा समेत छलफल गरिएको थियो ।

सहभागीहरुले हिमा गाउँपालिकामा बालविवाह, छाउपडी प्रथा, लिंगको आधारमा विभेद तथा गुणस्तरीय शिक्षाको कमी जस्ता सवालहरु पहिचान गरेको क्याडका कार्यक्रम संयोजक सोमराज जिसिले जानकारी दिनुभयो ।

तालिम पश्चात सहभागीहरुले तालिमले आफ्नो पालिकामा बालविवाह रोकथामका लागि सरोकारवालासँग वकालत गर्न सक्ने क्षमताको विकास भएको बताउनुभयो । तालिमलाई सहजीकरण बिशाल रानामगरले सहजीकरण गर्नुभएको थियो ।

Previous articleएक होटल व्यवसायीसंग ४० लाख रुपैयाँ ऋण लिएर फरार
Next articleअध्ययन कार्यमा सक्रिय बनाउन राजापुरमा सडक नाटक प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here