
नेपालगञ्ज । रेडियो सफल ९२ दशमलव ८ मेगाहर्जले आइतबारदेखि एक हप्ते आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ ।
डुडुवा गाउँपालिका वडा नम्बर ४ मा सञ्चालित रेडियो सफल ९२.८ मेगाहर्जले रेडियो उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम शुरु गरेको हो ।
रेडियोका लागि स्थानीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित तालिममा २५ जनाको सहभागिता छ । सञ्चार प्रतिष्ठान नेपालद्वारा सञ्चालित रेडियो सफल खासगरी डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई लक्षित गरी शुरु गरिएको हो ।
५ सय वाट क्षमताको रेडियो सफल यसअघि रेडियो हिमालको नामले नेपालगञ्जबाट प्रशारण भइरहेको थियो । अहिले यसको कल साइन परिवर्तन गरेर रेडियो सफलको नामबाट रेडियो प्रशारण सुरु गरिएको छ ।
अहिले परीक्षण प्रशारण गरिरहेको रेडियोले फागुन ७ गतेदेखि औपचारिक प्रशारण शुरु गर्नेछ ।





