रक्तसंचार सेवा केन्द्रको स्तरोन्नतीका सम्बन्धमा छलफल

नेपालगञ्ज । प्रादेशिक रक्तसंचार सेवा केन्द्रको स्तरोन्नतीको सम्बन्धमा बाँके शाखाले व्यवस्थापनका बिषयमा प्रदेशका महासचिवसंग छलफल गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित प्रादेशिक सेवा केन्द्रको व्यवस्थापन सम्बन्धमा लुम्बिनी प्रदेश शाखाका महासचिव लालप्रसाद पंगेनीसंग कार्यसमितिले छलफल गरेको हो ।

सेवा केन्द्रलाई थप गुणस्तरीय र सहज तथा न्यूनतम शुल्कमा सेवा सेवा प्रदान गर्नका लागि गर्न सकिने कार्यहरु र अनलाईन कसरी व्यवस्थापन गर्ने जस्ता बिषयमा छलफल गरिएको छ ।

छलफल कार्यक्रममा रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, नेरेसो लम्बिनी प्रदेश कार्यसमिति कोषाध्यक्ष राजकुमार वर्मा, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतको उपस्थिति रहेको थियो ।

Previous article“म जन्मेकै तिमीलाई माया गर्न” माया गर्ने मुटुले हो निधारले होइन-भ्यालेन्टाइनलाई चिठ्ठी
Next articleसुर्खेतरोड विस्तार गर्ने नाममा आतंक मच्चाएको भन्दै कांग्रेस नगर समितिको ध्यानाकर्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here