सुर्जीगाउँमा श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.–१९ सुर्जीगाउँमा माघ २४ गतेदेखि संचालन भएको सात दिवसीय श्री मद्भागवत सप्ताह ज्ञान यज्ञ सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं–६ स्थित हडिया बाबा आश्रमका पुजारी रामनरेश बाबाको व्यवस्थापनमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञमा बाँकेको नरैनापुर गाउँपालिका वडा नंं–६ सोनवर्षा निवासी रामानन्द मिश्रले कथा बाचन गर्नुभएको थियो ।

श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञमा यज्ञाचार्यको रुपमा सदानन्द मिश्र, प्रेमीदास जी महाराज, सो भागवत पूजामा निरञ्जन सरस्वती, प्रेमनाथ पाण्डेय संगीतकारमा सहयोग गर्नुभएको थियो ।

सुर्जीगाउँ निवासी स्व.गंगाराम जायसवालका धर्म पत्नी, रामनरेश बाबाका माता अवधरानी जायसवाल श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञमा जजमानको रुपमा रहनुभएको थियो ।

माघ २४ गते शुभारम्भ भएको भागवतमा पहिलो दिन क्लश यात्रा एवं सर्वौभद्र मण्डल आदि पूजन, भक्ति महतमा चर्चा, राजा परिक्षित श्राप, हनुमान पूजन, देविका पूजन एवं मनुद्वारा श्रृष्टि उत्पन्नको कथा, भक्त धु्रब, भक्त प्रहलाद, शती चरित्र, अजामिल कथा, समुन्द्र मन्थन कथा, भगवान श्रीकृष्णको जन्मोत्सव, भगवानको बाल्यलीला, रासलीला एवं कन्शाशुरको बध, भगवान ऐश्वर्य लीला एवं परिक्षित मोक्षका साथै कथा सम्पन्न भएको हो ।

भागवत पूजामा हडिया बाबा आश्रमका पीठाधीश सोमनाथ गिरीको सहभागिता रहेको थियो । यज्ञको अन्तिम दिनको अवसरमा बिशाल जायसवालले केही समयदेखि भगवानका लागी दिनुपर्ने भन्ने उद्देश्यले शुद्ध मन–वचन, कर्मबाट गुरुबाट गुरुमन्त्र लिनुभएको छ । फागुन २ गते सोमवार आयोजित भण्डारामा साधुसन्त, महन्त, श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको गौरव जायसवालले बताउनुभयो ।

Previous articleसुर्खेतरोड विस्तार गर्ने नाममा आतंक मच्चाएको भन्दै कांग्रेस नगर समितिको ध्यानाकर्षण
Next articleराप्ती सोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here