बाँकेमा औंलोको जोखिम कायमै, ४० जना बिरामी नरैनापुरमा

नेपालगञ्ज । बाँकेमा औंलोको जोखिम कायमै रहेको देखिएको छ । सोमबार नेपालगञ्जमा आयोजना गरिएको बहुनिकाय अन्तरक्रिया कार्यक्रममा बाँकेमा अझै पनि औंलोको बिरामी रहेको देखिएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका मलेरिया फोकल पर्सन दुर्गा गौतमका अनुसार केहि वर्षअघिसम्म औंलोमुक्त हुने हुने तयारीमा रहेको जिल्लामा पुन ः औंलोको बिरामी भेटिएकाले जोखिम अझै रहेको देखिएको छ ।

हाल जिल्लामा ७० जना औंलोका बिरामी छन् । बाँकेमा ११ वषै औषधी सेवन भइसकेको छ । सबैभन्दा बढि नरैनापुर गाउँपालिका जोखिममा रहेको छ । त्यहाँ मात्रै ४० जना बिरामी रहेको फोकल पर्सन गौतमले बताउनुभयो ।

यस्तै नेपालगञ्जमा पनि बिरामी रहेका छन् । डिसेम्बर १ सम्मको तथ्याँकका अनुसार बाँकेको कोहलपुर नगरपालिकामा १, खजुरा गाउँपालिकामा २, डुडुवा गाउँपालिकामा १ जना बिरामी देखिएका छन् भने नेपालगञ्जमा हालसम्म ४ जना बिरामी रहेको नेपालगञ्जका मलेरिया फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

अन्तरक्रियामा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले नरैनापुरका धेरै व्यक्तिहरु भारतमा जाने आउने र लामो समयसम्म बसाई हुने त्यसपछि नेपालका आउने कारणले पनि बढि बिरामी देखिएको बताउनुभयो । उहाँले बाँकेमा आयतित बिरामीका कारण न्युनिकरणमा समस्या देखिएको बताउनुभयो ।

यस्तै उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले सरकारले औंलो निवारणका लागि स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको भएपनि समन्वय अभावमा नेपालगञ्जमा यसको नियन्त्रणमा समस्या देखिएको बताउनुभयो ।

औंलोको निवारणका लागि कुनैपनि व्यक्तिमा ज्वरो देखिन बित्तिकै अन्य परीक्षसंगै औंलोको परीक्षण समेत गर्नुपर्छ । समयमा जाँच गर्नुनै यसको नियन्त्रणको प्रमुख उपाय हो ।

Previous articleराप्ती सोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित
Next articleबाँके सचिवका लागि यस कारण योग्य छन् आशिष !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here