
नेपालगञ्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेको निर्वाचनको समय नजिकिएको छ ।
जिल्ला सचिव पदका उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष) ले आफ्नो सक्रियता बढाउनुभएको छ । जिल्लाको बिभिन्न पदहरुमा आआफ्नो दावेदारी प्रस्तुत गर्दै भेटघाट कार्यलाई अगाडी बढाएजस्तै काफ्लेले समेत मतदाता भेटघाटलाई तिब्र बनाउनुभएको छ ।
काफ्ले सभापतिका उम्मेदवार नारायण प्रसाद गौडेलको टिमबाट सचिव पदमा उठ्नु भएको हो । जिल्ला नेतृत्वका लागि गौडेल समूहले केही समयअघि नै आफ्ना पदाधिकारीहरुको नामावली सार्वजनिक गरिसकेको छ ।
स्वाबियु निर्वाचनबाट नेतृत्व राजनीतिक यात्रा शुरु गर्नुभएको काफ्लेले १४ औं महाधिवेशनसम्म थुप्रै जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । १२ औं महाधिवेशनमा साबिकको नौवस्ता गाबिसको सचिव भएर जिम्मेवारी निभाउँदै २०६५ को स्वाबियु निर्वाचनबाट नेपाल बिद्यार्थी संघको सचिवको भूमिका निर्वाह गर्नुभयो ।
कांग्रेसलाई बलियो बनाउने अभियानका साथ राजनीति यात्रासंगै अघि बढ्नुभएका काफ्लेले नेपाल बिद्यार्थी संघको क्षेत्रीय सभापति हुँदै दुई कार्यकाल बीपी माध्यमिक बिद्यालयको सदस्य भएर बिताउनुभयो ।
त्यसपछि काफ्लेले नेपाली कांग्रेसको तर्फबाट नौवस्ता खानेपानीको उपाध्यक्षको सफल कार्यकाल बिताउनुभयो । जुम्लाको कनका शुन्दरी गाउँपालिका वडा नं ७ मा जन्म भएको काफ्लेले आफ्नो राजनीतिक यात्रा बाँकेबाटै शुरु गर्नुभएको हो ।
एम एस म्मको शिक्षा आर्जन गर्नुभएका काफ्ले नेपाली कांग्रेस बाँकेको सचिव पदका लागि निर्वाचनमा होमिनुभएको छ । हाल लुम्बिनी प्रदेश प्रतिनिधि समेत रहनुभएका काफ्लेको सबैसंगको व्यहावर राम्रो, राजनीतिक ज्ञान, व्यवहारिक एवं नेतृत्व क्षमता भएकै कारण सचिव पदका लागि प्रबल उम्मेदवारका रुपमा देखिनुभएको छ ।
निर्वाचन नजिकिएसंगै काफ्लेले कांग्रेस बाँकेका मतदाताहरुसंग भेटघाट, सम्पर्क गर्ने कार्यलाई तिब्रता दिनुभएको हो । कांग्रेस बाँकेको निर्वाचनि यही फागुन १३ गते तय गरिएको छ ।





