कार्यकाल सकिएका १० भातृ संस्थाको समय नथप्ने कांग्रेस निर्णय

file photo

काठमाण्डौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका सबै भातृ संगठनको समय नथप्ने निर्णय गरेको छ ।

मंगलबार बसेको कार्य सम्पादन समितिको बैठकले कार्यकाल सकिएका नेपाल तरूण दल, नेविसंघ लगायतका १० भातृ संस्थाको कार्यकाल नथप्ने निर्णय गरेको हो ।

फागुन मसान्तभित्र भातृ संस्थाहरूको तदर्थ समिति गठन हुने कांग्रेस सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।

नेपाल मगर संघ र नेपाल मुस्लिम संघबाहेक अन्य भातृ संस्थाको कार्यकाल सकिएको छ । नेपाल दलित संघको चैत्र ७, ८ र ९ गते अधिवशेन हुँदैछ ।

Previous articleबाँकेको तेस्रो पालिका रुपमा खजुरा बाल विबाह मुक्त घोषणा
Next articleविकलाई साउदीमा मर्न बाध्य पारियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here