
दैलेख । दैलेखको महाबु गाउँपालिका ४, फागुमा बोलेरो मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दैलेख बजारदेखि गडिगाउँ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ५२६६ नम्बरको जीप फागुमा दुर्घटना भएको हो ।
जीप दुर्घटनामा गडिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको प्रहरी चौकी गैडाबाजले जनाएको छ । प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण चौधरीका अनुसार जीप सडकभन्दा १ सय ५० मिटर तल खसेको छ ।
मृतक हमाल शिव आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् । दुर्घटनामा जैकला शाही (३८), आरती शाही (९), मनिसा सिंह (२५), राम बहादुर शाही (६३), गाडी साहु डल्लु वन (४५), मिठु सिंह (२६) र गाडी चालक समरबहादुर चन्द (३०) र राजेश हमाल (३९) घाइते भएको चौधरीले जानकारी दिनुभयो ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि महाबु अस्पताल र जिल्ला अस्पताल दैलेख पठाइएको चौधरीको भनाइ छ ।





