
हरि अधिकारी
खजुरा । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले खजुरा गाउँपालिकाका उद्यमीहरुलाई कृषि पथ मोबाइल एप सम्बन्धी जानकारी प्रदान गरेको छ ।
जिल्ला महासंघका अध्यक्ष मधु कुमारी खडकाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय उपाध्यक्ष पुर्ण बहादुर भण्डारीको बिशेष उपस्थितिमा बोल्ने वक्ताहरुले कृषि एप प्रयोग गर्दा गाउँमा ब्यस्त उधोगीहरुलाई सहज तरिकाले आम्दानीको स्रोत हुने कुरामा जोड दिएका थिए ।
बिकासको लागि सुचना तथा सन्चारको पहुच हुनुपर्नेमा अधिकांश बक्ताहरुको धारणा रहेको थियो । खजुराका उद्यमीहरुलाई कृषि प्रधान देशमा पहिचान बनाउँदै बाँकी उधमीहरुलाई सहज हुने कुरा खजुरा शाखाका अध्यक्ष सुर्य नेपालीले बताउनुभयो ।
बाँकेबाट शुरूवात भएको यो कृषि एपले लुम्बिनी प्रदेशको ७ जिल्लामा शुरु गरेको खुल्न आएको छ । एप प्रयोगमा ल्याउँदा उधमीहरुलाई आफुले उत्पादन गरेका बस्तु तथा तरकारी बिक्री बितरण गर्न सजिलो हुने अवधारणा अघि सारेको कार्यक्रमका पुर्ब अध्यक्ष ,उधामी, व्यबसायी पत्रकारकोको उपस्थित रहेको थियो ।





