राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा जानकीका २ बिद्यालय छनौट

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाका २ वटा बिद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छनौटमा परेका छन् ।

शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका अनुसार बाँकेको जानकी गाउँपालिका २ वटा बिद्यालयमा यस पटक राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको छनौटमा परेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यबिधि २०७६ मा रहेको व्यवस्था बमोजिम शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रीको अध्यक्षतामा रहेको निर्देशक समितिको २०७८ फागुन २ गतेको निर्णयानुसार छनौट गरिएका बिद्यालयहरुमध्ये जानकीका २ बिद्यालय पनि छनौटमा परेका छन् ।

जानकी शिक्षा शाखा प्रमुख प्रतिभा वली खडका अनुसार वडा नं ४ स्थित जानकी माध्यमिक बिद्यालय र वडा नं ६ भाट्नपुरस्थित मदरसा दारुल उलूम गुल्शने इस्तियाकिया सो कार्यक्रममा छनौट भएको छ ।

जानकी माबिमा ४ कोठे भवन र सिभिल इन्जिनियरिङ्ग तथा मदरसामा २ कोठे भवन निर्माण कार्यक्रम परेको छ । प्राबिधिक धार संचालनका लागि ५० लाख र ४ कोठे भवन निर्माणका लागि ३७ लाखको कार्यक्रम जानकी माबिलाई तथा २ कोठे भवन निर्माणका १८ लाखको कार्यक्रम परेको शिक्षा शाखा प्रमुख वलीले बताउनुभयो ।

यस कार्यक्रमका यसपटक ४ वटा बिद्यालय प्रस्तावना पेश गरेको शिक्षा शाखाले जनाएको छ ।

Previous articleअपाङ्गता भएका व्यक्तिहरुका लागि सम्झौता
Next articleफागुन ६ गते नेपाल बन्दको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here