अपाङ्गता भएका व्यक्तिहरुका लागि सम्झौता

नेपालगञ्ज । नेपालगञ्जमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको सवालमा बिभिन्न गतिबिधिहरु संचालन गरिने भएको छ । यस्ता व्यक्तिहरुको सहयोगी बन्न र हुनसक्ने सहयोग प्रदान गर्नका लागि बिभिन्न गतिबिधिहरु संचालन गरिने भएको हो ।

नगरस्तरीय अपाङ्गता संजालको समन्वय सहकार्य तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेमार्फत आवश्यक गतिबिधिहरु संचालन गर्नका लागि सम्झौता गरिएको छ ।

नगरस्तरीय संजालका अध्यक्ष गोकर्ण प्रसाद आचार्य र मंचका कार्यक्रम संयोजक राम श्रेष्ठबीच मंगलबार सम्झौता हस्तान्तरण गरिएको छ । मंचले नेपालगञ्जमा संचालित पावर परियोजना अन्तर्गत अपाङ्गताका सवालमा कार्यक्रमहरु संचालन गर्न लागेको जनाएको छ ।

मंगलबारै भएको छलफलमा संचालन गरिने गतिबिधिलाई प्रभावकारी बनाउन अपाङ्गताका क्षेत्रमा सक्रिय व्यक्तिहरुसंग आवश्यक छलफल तथा परामर्श समेत लिइएको छ । नेपालगञ्जमा अपाङ्गता भएका किशोर किशोरी, युवाहरुको अवस्था नक्सांकन गर्ने बिषयमा छलफल गरिएको छ ।

अपाङ्गता भएका १६ देखि २४ वर्ष उमेरका बालबालिका तथा युवाहरुलाई लघु उद्यम तथा सीप बिकास तालिम संचालन गरिने, बिद्यालय छोडेका र छोड्ने सम्भावना भएका अति बिपन्न माध्यमिक तहका अपाङ्गता भएका बालबालिकाहरुलाई बर्षरी सहयोग गर्ने, पढाईमा कमजोर भएका बालबालिकाहरुका लागि उपचारात्मक कक्षा संचालन गरिने, अति बिपन्न, भर्गवती तथा अपाङ्गता भएका घरधुरीलाई चर्पी र खानेपानीको व्यवस्था गर्नका लागि सहयोग गर्ने लगायतका गतिबिधि संचालन गरिने मंचका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

यसका साथै संजालले आगामी दिनमा उपमहानगरपालिकासंग अपाङ्गता व्यक्तिहरुको सवालमा वकालत गर्नका लागि समेत आवश्यक सहयोग उपलब्ध गराउन सहमति भएको छ ।

छलफलमा संजालका उपाध्यक्ष भाबुकजंग थापा, सचिव शान्तिराज रेग्मी, डेक नेपालका अध्यक्ष हरि कला थापा, नगर संजालका अध्यक्ष अचार्य, कार्यालय सचिव पुष्प प्रसाद उप्रेती, डेक नेपालका सदस्य टेकराज जैशी, मंचका अनुगमन तथा मुल्याँकन अधिकृत तेज बहादुर नेपाली, सिनियर फिल्ड अफिसर बृजेश ठाकुर, फिल्ड अफिसर पुजा बर्मा लगायतको उपस्थिति रहेको थियो ।

Previous articleसबैका प्रिय सापकोटा कांग्रेस उपसभापतिमा लड्ने घोषणा
Next articleराष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा जानकीका २ बिद्यालय छनौट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here