नेपालगञ्जको न्युरोडमा सेन्चुरी हाउस संचालन

नेपालगन्ज । नेपाल कै उत्कृष्ट ब्राण्डको रुपमा स्थापित सेन्चुरी हाउस, न्युरोड नेपालगन्जमा संचालनमा आएको छ ।

क्वालिटीमा विश्वास दिलाउन सफल सेन्चुरी ब्राण्डका उत्पादनको थोक तथा फुटकर सामान विक्री वितरणका लागि नेपालगन्जमा सेन्चुरी हाउस संचालनमा आएको हो ।

दुगड स्पाईसेस एण्ड फुड प्रोडक्ट प्रालिद्धारा सेन्चुरी हाउस संचालनमा आएको सेन्चुरीका सेन्ट्रल म्यानेजर शम्भु श्रेष्ठले बताउनुभयो ।

एकै छानामुनी सेन्चुरीका सम्पुर्ण उत्पादन थोक तथा फुटकर सामान किनमेल गर्ने भरपर्दो माध्यम सेन्चुरी हाउसको उद्घाटन शुक्रबार औपचारिक रुपमा गरिएको थियो ।

सेन्चुरी ब्राण्डका उत्पादन मसलाको प्रकारबाट सुरुवात गरिएको थियो भने दुई बर्ष भित्रै स्न्याक्स समेत उत्पादन गर्न सफल भएको थियो ।

उपभोक्ताहरुको माग बमोजिम गुणस्तरियता प्रदान गर्दै आएको सेन्चुरीले थप उत्पादनमा प्रथामिकता दिदै आएको छ । स्वदेश तथा विदेशमा समेत विश्वसनियता कायम गर्न सफल सेन्चुरीले अन्तराष्ट्रिय मान्यता प्राप्त गरिसकेको सेन्ट्रल म्यानेजर श्रेष्ठले बताउनुभयो ।

सेन्चुरीले मसलाका सम्पुर्ण उत्पादन जस्तै मिट मसला, धनिया जिरा मसला, मःम मसला, बेसार, सब्जी मसला, सेतो मरिच, कालो मरिच, दालमोठ, मुला, जिरा, चोखो, गुलकोज, आपको अचार, मिक्स अचार, खुर्सानी अचार, गल्ला अचार, सुजी, मैदा, उत्पादनको विक्रि वितरण भैरहेको छ भने पापर र चाउमिन उत्पादनको तयारीमा रहेको कम्पनीले जनाएको छ ।

दुगडद्धारा उत्पादित सेन्चुरी ब्राण्ड सेन्चुरी लोगो भएका सम्पुर्ण सामाग्री सुपथ मुल्यमा एकै ठाउँबाट विक्री वितरण गर्ने उद्देश्यका साथ हाउस संचालनमा ल्याइएको संचालक सन्दिप कुमार बैश्यले बताउनुभयो ।

मसलामा नेपाल कै उत्कृष्ट मानिने भएकाले सेन्चुरी ब्राण्डका उत्पादन उपभोक्ताले मनपराउनुको कारण स्वदेशी उत्पादन र क्वालिटीमा कमजोरी नदेखिएको श्रेष्ठले बताउनुभयो ।

Previous articleनेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने
Next articleमानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक, ५२१५ महिला पिडित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here