नेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने

शिवराज साहु
नेपालगंज । यही फागुन २१ गते नेपालगञ्जमा निः शुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

ज्ञान, दामोदर स्मृति प्रतिष्ठान तथा चौधरी हरदत्त एवं सरकार बक्स स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रालि नेपालगंज–१०, शितल नगरमा हुने भएको हो ।

जिल्ला हुलाक कार्यालय पछाडी त्रिशक्ति मन्दिर नजिकै रहेको पोलिक्लिनिकमा विशेष फिजिशियन एवं पेट तथा कलेजो रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटी रोगसहित ४ प्रकारको रोगहरुको निः शुल्क स्वास्थ्य शिविर हुने जनाइएको छ ।

शिविरमा डा.संकेत रिसाल, डा.उर्मिला पराजुली “रिसाल”, डा. आर.के.झा. र डा.दिनेश कुमार चौधरी लगायत १० जना स्वास्थ्यकर्मीहरुको उपस्थितिमा शिविर सञ्चालन गर्न लागिएको चौधरी सरकार बक्स पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक प्रा.लि.का अध्यक्ष अरबिन्द कुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्मृति प्रतिष्ठानले शिविरमा जिल्लामा बरिष्ठ चिकित्सकहरुको उपस्थितिमा ठूला ठूला अस्पतालहरुले प्रदान गर्ने उपचार बराबरको सेवा प्रदान हुनेछ ।

फागुन २१ गते शिविरमा आउने बिरामीहरुको जाँचको आधारमा बिरामीहरुलाई फागुन २४ गते नारी दिवसको दिनसम्म औषधी, ल्याब, एक्स–रे र भिडियो एक्स–रे मा विषेश छुट हुने व्यवस्थापन समितिले बताएको छ ।

Previous articleएमसीसीको विरोधमा आज पनि प्रदर्शन
Next articleनेपालगञ्जको न्युरोडमा सेन्चुरी हाउस संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here