
कोहलपुर । कोहलपुर नगरस्तरीय बाल क्लब संजालको अध्यक्षमा दिपक केसी चयन हुनुभएको छ । मंगलबार भएको भेलाले केसीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
भेलाले संजालको उपाध्यक्षमा नम्रता बुढाथोकी, सचिवमा भवना थापा, सहसचिवमा दिलिप जोशी र कोषाध्यक्षमा आकृति पुन मगर चयन भएका हुनुभएको छ ।
यस्तै सदस्यहरुमा जिवन कुमार शाही, कामना विक, जुना विक, मोहन रोकाय, विनिता खत्री, यमुना धिमिरे, रुविना खत्री, हरिसिंह थारु, शिलिका अर्याल, सुगम विक, पुनम थारु लगायतको नयाँ कार्यसमिति चयन हुनुभएको छ ।
भेलामा पुर्व कार्यसमितिलाई सम्मान गरिएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको बिशेष उपस्थितिमा नगर बाल क्लब संजालका अध्यक्ष रमेश ओरको सभापतित्वमा भएको थियो
कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा संयोजक नारायणी वली, प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक शाखाकी महिला बिकास निरिक्षक घटना शाहको उपस्थित रहेको थियो ।





