
नेपालगन्ज । नेपालगञ्ज टेक्निकल कलेजको आयोजनामा HA Third year and CMLT third year को बिदाई कार्यक्रममा सम्पन्न भएको छ । २०७५ सालमा अध्ययन सुरु गरि आजका दिनसम्म कलेजमा आवद्ध भइ कलेजले बिद्यार्थीहरुलाई भब्यताका साथ कलेजबाट विदाई गरेको छ ।
उक्त विदाई कार्यक्रम नेपालगञ्ज टेक्निकल कलेजको हेल्थ को-अर्डिनेटर ज्योति शर्माले सञ्चालन गर्नुभएको थियो । विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै कलेजका सञ्चालक किशोर पाण्डेले यस कलेजमा हुँदासम्म हामि एक परिवार थियौ । परिवारमा कहिले राम्रो, कहिले नराम्रो हुन्छ तर आजका दिनबाट हामि सबैले सबैलाई सधैं स्मरण गरिराख्ने छौ भन्दै मन्तब्य राख्नुभएको थियो । त्यस्तै गरि कलेजका प्रिन्सिपलले पनि स्वास्थ्य जस्तो संवेदनशील विषयमा भविष्यमा जुनसुकै ठाउँमा भए पनि एकदम होसियारी पूर्वक कार्य गर्नु भन्दै विद्यार्थीको उज्वल भविष्यको कामना गर्नुभएको थियो ।
उक्त कलेजका सामान्य चिकित्सा तेर्सो बर्षका विद्यार्थी नर प्रसाद जैसीले स्वास्थ्य जस्तो संवेदनशील विषयमा हामि कलेजमा आउने क्रममा रित्तो भाडो ल्याएर आएका थियौं, आज त्यो भाडोमा हामिले केही भरेर लगेका छौ । हामिलाई शिक्षा दिने गुरुलाई सधैं भरि गुरुकै दर्जामा राखेर सम्मान दिने छौ र नेपालगञ्ज टेक्निकल कलेज बाँके जिल्लाकै एक उत्कृष्ट रहेको, भौतिक संरचना र निति नियम उत्तिकै प्रभावकारी रहेको भन्दै कलेजलाई धन्यवाद दिएर मन्तब्य राख्नुभएको थियो । त्यस्तै गरि Lab technician का खगेन्द्र भट्टराई र HA third year का विद्यार्थी रमेश चौलागाई ले धन्यवाद मन्तव्य राख्नु भएको थियो । उक्त जानकारी हामिलाई त्यसै कलेजका विद्यार्थी नर प्रसाद जैसी ले जानकारी दिनु भएको थियो ।





