
नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको निर्वाचन अन्तर्गत उम्मेदवारी दर्ता समय परिवर्तन गरिएको छ ।
जिल्ला सहायक निर्वाचन अधिकृत (अधिवक्ता) चित्रबहादुर शाहीको अध्यक्षतामा आज बेलुका बसेको जिल्ला निर्वाचन परिचालन समिति बाँकेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपाली कांग्रेस बाँके जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयबाट २०७८ फागुन १२ गते बिहीबारका दिन बिहान ९ बजेदेखी दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कायम गरिएकोमा प्राविधिक कारण २०७८ फागुन १२ गते दिउँसो १ बजेदेखी ५ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्णय गरिएको छ ।
उक्त बैठकमा निर्वाचन परिचालन समितिका सहसंयोजक एवम् जिल्ला सहायक निर्वाचन अधिकृत शाही तथा समितिका सदस्यहरु ईश्वरीप्रसाद ज्ञवाली, बीरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने, प्रह्लाद कार्की, मेहरसिंह खत्री, प्रभावकर भट्टराई र निर्वाचन कर्मचारी तोजिन्द्रबहादुर बिकको उपस्थिती रहेको थियो ।





