हेपोनद्धारा खोप अधिकृत शर्माको बिदाई

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ (हेपोन) जिल्ला कार्यसमिति बाँकेले स्वास्थ्य कार्यालय बाँकेबाट स्वास्थ्य कार्यालय रुपन्देही सरुवा हुनु भएका खोप अधिकृत भेषराज शर्माको बिदाइ गरेको छ ।

स्वास्थ्य कार्यालय बाँकेमा रहि करिव १ वर्षपछि उहाँको सरुवा भएको हो । संघका अध्यक्ष टेक वहादुर केसिको अध्यक्षतामा संचालन गरिएको बिदाइ कार्यक्रममा निबर्तमान अध्यक्ष सरोज शाह उपाध्यक्ष बिरजङ शाह लगायत कार्यसमितिका अन्य पदाधिकारी हरुको उपस्थितिमा शर्मालाइ बिदाइ गरिएको संघका सहसचिव तेज वलिले जानकारी दिनुभयो ।

शर्मा स्वास्थ्य कार्यालय बाँकेमा रहि बाँके जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गर्ने कार्य सफल बनाउनु भएको थियो भने कोभिड विरुद्धको खोप अभियानमा उल्लेख योगदान पुर्याउनु भएको थियो ।

Previous articleसबैको पिर-मर्का बुझ्न् प्रमुख बस्नेतलाई स्वास्थ्यकर्मीको आग्रह
Next articleबाँके कांग्रेसका आशालाग्दा नेता, जसलाई संस्थापनले चिन्नै सकेन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here