फाप्ला मैदानलाई खेलग्रामका रूपमा विकास गरिन्छ : मन्त्री अथक

धनगढी । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला क्रिकेट रंगशाला नेपालकै ठुलो ड्रिम प्रोजेक्ट रहेको बताउनुभएको छ ।

शुक्रबार कैलालीको धनगढी पुग्नुभएका मन्त्री अथकले सरकारले फाप्ला क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताउनुभएको हो ।

धनगढी उपमहानगरपालिका वडा नं.३ फाप्लामा रहेको मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री अथकले राष्ट्रिय गौरवको योजनाका रूपमा उक्त मैदान निर्माण प्रक्रिया सुरू गरिएको जानकारी दिनुभयो ।

हालै मात्र मैदान निर्माणका लागि मन्त्रिपरिषदको बैठकबाट स्वीकृति प्राप्त भएको बताउँदै मन्त्री अथकले १५ अरव लागत अनुमान गरिएको समेत जानकारी दिनुभयो ।

भौगोलिक उपलब्ध प्रयाप्त भएको फाप्ला मैदानलाई खेलग्रामका रूपमा समेत विकास गरिने बताउँदै मन्त्री अथकले भन्नुभयो, जमिनको उपलब्धताले यो नै नेपालकै सबैभन्दा ठुलो मैदान हो, यसलाई खेलग्रामका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ । क्रिकेटका अलावा फाप्लामा खेलका अन्य पुर्वाधारहरू समेत निर्माण हुने उहाँले प्रष्ट पार्नुभएको छ ।

बहुवर्षिय योजनाको मोडालिडिमा निर्माण गर्ने भनिएको फाप्ला मैदानमा केन्द्र सरकारका अलावा प्रदेश र स्थानिय सरकारका साथै निजि क्षेत्रको समेत लगानि समेटिने बताउँदै मन्त्री अथकले समयमै ९३ वर्षभित्रै० मैदान निर्माण सम्पन्न गर्न स्थानियस्तरबाट निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । ‘राज्यले विशेषगरी सिंहदरबारले खेलकुदलाई उनुत्पादक क्षेत्रका रूपमा हेर्ने गरेको छू खेलप्रति राज्यको दृष्टिकोण प्रति असन्तुष्टि ब्यक्त गर्दै मन्त्री अथकले भन्नुभयो, यसप्रकारको दृष्टिकोणलाई बदल्नु नै अहिलेको प्रमुख चुनौति बनेको छ । अब खेल क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्छ ।’

शुक्रबार नै मन्त्री अथकसहितको टिमले धनगढी रंगशालाको निर्माणाधीन प्याराफिट, कवर्डहल तथा विभिन्न खेल संरचनाहरूको समेत अनुगमन तथा निरिक्षण गर्नुभएको थियो । अनुगमनमा युवा तथा खेलकुद मन्तालयका सचिव डा। दामोदर रेग्मी, नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुर बहादुर चन्द, खेलकुद विकास समितिका पदाधिकारी लगाएतको सहभागीता रहेको थियो ।

Previous articleसहसचिव पदकी बलियो उम्मेदवार सिंह कार्यकर्ता भेटघाटमा व्यस्त
Next articleगाउँपालिकामा तोडफोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here