गाउँपालिकामा तोडफोड

नेपालगञ्ज । सल्यानको कालीमाटी गाउँपालिकामा तोडफोड भएको छ । बिहिवार राति गाउँपालिकाको कार्यालय र वडा नम्बर ३ को कार्यालयमा तोडफोड भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गाउँपालिकाको कार्यालयको ढोका फोडेर भित्रको दराज पनि खोलिएको छ। वडा नम्बर ३ को कार्यालयमा भने एउटा ढोकासँगै एउटा सिसी क्यामेरा फुटाइएको छ ।

‘गाउँपालिकाको कार्यालयमा ढोका र भित्रको दराज फोडेको खबर आएको छ, सामान के हरायो वा क्षति भयो भन्ने आएको छैन,’ सल्यान प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले भन्नुभयो, ‘वडा कार्यालयको एउटा सिसी क्यामरा नै फोडिएको छ, त्यहाँ अरु क्यामरामा रेकर्ड भएको छ की भनेर प्रहरीले हेरिरहेको छ ।’

उहाँका अनुसार वडा कार्यालयमा तोडफोड गर्दै गर्दा स्थानीयले दखेपछि तोडफोड गर्ने समूह भागेको थियो । तोडफोड गर्ने समूहको बारेमा अहिलेसम्म पत्ता लागेको छैन ।

Previous articleफाप्ला मैदानलाई खेलग्रामका रूपमा विकास गरिन्छ : मन्त्री अथक
Next articleरेडक्रस बाँकेको ४०औं बार्षिक साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here