चितुवाको छालासहित बाँके बर्दियाका तीन जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले चितुवाको छालासहित ती जनालाई पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय काेहलपुरकाे टाेलीले बाँकेकाे बैजनाथ गाउँपालिका वडा न ५ स्थित गायत्रीटाेलबाट चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेकाे हाे ।

प्रहरीका अनुसार आईतबर करिब पाैने चार बजेकाे समयमा बैजनाथ गाउँपालिका वडा नं.५ गायत्री टोलस्थित भित्री सडकमा दुर्लभ बन्यजन्तु चितुवाको छाला ल्याईरहेकाे भन्ने बिशेष सूचनाकाे आधारमा कोहलपुरबाट खटिएकाे टोलीले पैदल हिडिरहेका साेधीखाेजी गर्दा उनीहरूलाई फेला पारेकाे जनाएको छ ।

उनीहरूकाे खानतलासी गर्ने क्रममा बोकेकाे सेताे पलास्टिकको बोरामा चितुवाको एक थान छाला भेटिएको छ ।

छालासहित बैजनाथ ५ का २८ वर्षीय याम बहादुर बिश्वकर्मा, बर्दियाकाे मधुवन न.पा.४ का ३० वर्षीय आकाश परियार र वडा न ९ का ५४ वर्षीय लाल बहादुर बि.क पक्राउ परेकाे बाँके प्रहरीका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसूधन न्यौपानेले जानकारी दिनुभयो ।

Previous article१० वर्षपछि भारतको अल्मोडाबाट नेपालगञ्जकी एक किशोरीको उद्धार
Next articleनिजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा चौलागाईं निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here