निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा चौलागाईं निर्वाचित

नेपालगञ्ज । नेपाल निजामती कर्मचारी संगठन, बाँकेको अध्यक्षमा देवीलाल चौलागाईं सर्वसम्मत निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा सम्पन्न दशौँ जिल्ला अधिवेशनले चौलागाईंको नेतृत्वमा २१ सदस्यीय कार्य समिति सर्व सम्मत चयन गरेको हो ।

संगठनको उपाध्यक्षमा चन्द्र बहादुर बुढा र दुर्गा महत, सचिवमा बसन्त कुमार थापा, सह सचिवमा मेघराज चौधरी र कोषाध्यक्षमा तेजेन्द्र रोकाया निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा धर्म बहादुर भण्डारी, थिर बहादुर थापा मगर, भारत राज गोराथोकी, शिवा शाह, रन्जना घर्ति, चन्द्रमणि अधिकारी, प्रतिक मल्ल, डिल बहादुर वि.क.,घुमलाल थारु, शिवराज रिजाल, सदन भण्डारी, ओम प्रकाश शाही, मेघराज बराल, भिम प्रसाद अधिकारी र राम कुमार पाठक रहनुभएको छ ।

अधिवेशनले केन्द्रिय प्रतिनिधिमा अग्नि प्रसाद आचार्य, गणेश प्रसाद रिजाल, मो.नियास खाँ र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनबाट भिम बहादुर रावल र राष्ट्र सेवक सहकारी संस्था लिमिटेडबाट थानेश्वर न्यौपानेलाई चयन गरेको छ ।

त्सैगरी प्रदेश प्रतिनिधिहरुमा प्रकाश गौतम, वीर बहादुर वि.के., प्रकाश कडायत र तिलक रिजाल चयन हुनुभयो । नेपाल निजामती कर्मचारी संगठन, केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष एवं ११ औं राष्ट्रिय अधिवेशन आयोजक कमिटिका सहसंयोजक लेखनाथ कोइरालाको प्रमुख आतिथ्यता र संगठन बाँकेका अध्यक्ष अग्नि प्रसाद आचार्यको अध्यक्षतामा भएको अधिवेशनमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, नेकपा एमालेका केन्द्रिय सदस्यहरु पशुपति दयाल मिश्र, मो.हारुन हलवाई, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपति, नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सचिवालय सदस्य मिना ढकाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं पेशागत इन्चार्ज कृष्ण कुमार थापा, राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रिय अध्यक्ष राम बहादुर चन्द, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय सचिव एवं ११ औं राष्ट्रिय अधिवेशन आयोजक कमिटि कार्यालय व्यवस्थान सचिव युवा चन्द्र घिमिरे, सचिवालय सदस्य लक्ष्मी भुसाल, ११ औं राष्ट्रिय अधिवेशन आयोजक कमिटिका सदस्य मान बहादुर थापा र अशोक बाबु सापकोटा, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन, बाँकेका अध्यक्ष चिरन्जीवी पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नवनिर्वाचत अध्यक्ष चौलागाईंले आगामी दिनमा संगठनलाई थप गतिशील, सृजनशिल एवं कृयाशिल बनाउने, प्रभावकारी सार्वजनिक सेवा प्रवाह र सेवा प्रवाहमा नविनतम प्रयोगका लागि पहल र पैरवी गर्ने, पेशागत हकहित र अधिकारका लागि सम्वाद, समन्वय र सहकार्य सहितको सौदाबाजी निर्वाचित कार्य समितिको मुख्य कार्यभार रहने र यस कार्यमा सबैको साथ, सहयोग र सहकार्यको आफुले अपेक्षा गरेको बताउनुभयो ।

Previous articleचितुवाको छालासहित बाँके बर्दियाका तीन जना पक्राउ
Next articleबाँके सहसचिव पदमा बिजयीको आर्शिवाद लिँदै सिंह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here