
नेपालगञ्ज । बाँकेमा राप्ती नदीको सिधनिया घाटस्थित राप्ती पुलबाट मंगलबार राती हतियारसहित ३ जना पक्राउ परेका छन् ।
बाँकेको डुडुवा गाउँपालिकामा रहेको सिधनिया घाट पुलबाट मंगलबार राती करिब १० बजे हात हतियारसहित ३ जना पक्राउ परेका हुन ।
कारमा रहेका उनीहरुको साथबाट खुँडा, अटोमेटिक पेस्तोल एक थान, त्यसमा लाग्ने गोली करिब ९ थान प्रहरीले बरामद गरेको स्रोतले जनाएको छ ।
राप्ती पुलबाट उनीहरुलाई प्रहरीले कारसहित पक्राउ परेको छ । यता घट्नाबारे प्रहरीले बुधबार आधिकारिक रुपमा जानकारी गराउने बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक मधुसुदन न्यौपनेले जानकारी दिनुभयो ।





