बाँकेको राप्तीसोनारीबाट बाघ नियन्त्रणमा

फाइल तस्बिर

नेपालगञ्ज । बाँकेमा मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ ।

वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार राप्तीसोनारी गाउपालिका वडा नं ६, राप्तीपीडित सामुदायिक वनबाट बाघलाई डट गनको माध्यमबाट बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

राप्तीपीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गरेको थियो ।

पछिल्लो केही महिनादेखि राप्तीसोनारी गाउँपालिका वडा नं ४ र ६ मा सो बाघले ५ जनालाई मारेर खाएको तथा केहीलाई घाइते बनाएको र धेरैले भागेर ज्यान जोगाएका थिए ।

Previous articleकारमा हतियार बोकेर हिडेका ३ जना बाँकेको राप्ती पुलबाट पक्राउ
Next article१७ बर्षको उमेरदेखि नै राजनीतिक पहिचान बनाएका बिनोद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here