नेपालगञ्जमा एक वडाअध्यक्ष र उपमहानगरपालिका कर्मचारीमा कोरोना पुष्टि

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका एक वडा अध्यक्ष र एक सरकारी कर्मचारीलाई कोरोना पुष्टि भएको छ ।

सोमबार बिहान भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज १ का ४७ बर्षिय पुरुष र नेपालगञ्जका ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये एक जना नेपालगन्जका वडाअध्यक्ष र अर्का उपमहानगरपालिकामा कार्यरत अधिकृतस्तरका कर्मचारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये, वडा अध्यक्षलाई ज्वरो तथा श्वासप्रश्वास सम्बन्धि लक्ष्ण देखिएको र सरकारी कर्मचारीमा कुनैपनि लक्ष्ण नदेखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Previous articleलागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ
Next articleकाेराेना कहर : उपमहानगरपालिकामा अधिकृतसहित थप ६ जनामा संक्रमण फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here