१७ बर्षको उमेरदेखि नै राजनीतिक पहिचान बनाएका बिनोद

नेपाली कांग्रेसमा युवा नेताहरुमाध्ये बिनोदको नामा अग्रस्थानमा आउने गर्दछ । उनी कांग्रेसका एक जुझारु युवा नेताका रुपमा चिनिन्छन् । नेपाली कांग्रेसले गर्ने हरेक आन्दोलन होस् या कार्यक्रममा अनिवार्य उपस्थित हुन्छन् । बिद्यार्थी राजनीतिबाट मुल राजनीतिमा आएका बिनोद, थारु समुदायको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा होमिएका छन् ।

आफुसँगै पढेका साथीहरु जागिरमा रमाइरहेका छन्, तर विनोद भने जनताको सेवा गर्नका लागि पार्टी राजनीतिमा सक्रिय छन् । उनको सक्रियताले अन्य युवाहरुलाई पनि राजनीतिमा उत्साहित बनाउने गर्छ । नेपाली कांग्रेस बाँकेको आसन्न निर्वाचनमा विनोदले जिल्ला सह–सचिव पदमा उम्मेदवारी दिएका छन् ।

यही फागुन १९ गते काँग्रेस बाँकेको निर्वाचन हुँदैछ । उनले संस्थापन (देउवा) पक्षबाट सह–सचिव पदमा उम्मेदवारी दिन थुप्रै नेता, कार्यकर्ताले सुझाएका छन् । ‘मलाई धेरै अग्रजहरुले जिल्ला सह–सचिव पदमा उम्मेदवारी दिन सुझाव दिनु भएको छ, यसले मलाई उर्जा दिइरहेको छ,’ उनले भने ।

नेपाली काँग्रेस बाँकेका पुर्वा सल्लाहकार जनसेनानी गोबिन्द बहादुर श्रेष्ठबाट प्रभाबिति भएर बिनोद बिद्यार्थी राजनीतिमा प्रबेश गरेका हुन् । श्रेष्ठकै नेतृत्वमा पाटन संयुक्त क्याम्पसबाट उनी नेबिसंघको सदस्यता लिएका हुन् ।

त्रिचन्द्र क्याम्पसमा विनोद २०५५ सालमा पाटन संयुक्त क्याम्पसमा तराई विद्यार्थी परिवार र नेपाल विद्यार्थी संघको सदस्य भएका थिए । २०५९ मा त्रिचन्द्र क्याम्पस काठमाडौंमा सरोज थापाको नेतृत्वमा नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य भए ।

२०६२÷०६३ सालको १९ दिने जनआन्दोलनमा नेविसंघ त्रिचन्द्र क्याम्पसका तर्फबाट आन्दोलनमा सहभागी भएर दुई पटक गिरफ्तारीमा परेका थिए । गगन थापाको नेतृत्वमा भएको २०६२÷०६३ को गणतान्त्रिक अन्दोलनमा उनले अहम भुमिका निर्वाह गरे ।

नेपाली काँग्रेसबाट अलग भएर विजयकुमार गच्छदारले नेतृत्व गरेको फोरम लोकतान्त्रिक निकट युवा फोरमको २०६८ मा जिल्ला सह–सचिव भए । यस्तै २०७० सालमा फोरम लोकतान्त्रिक बाँकेको जिल्ला सह–सचिव भएर काम गरे ।

नेपाली कांग्रेस र तत्कालिन फोरम लोकतान्त्रिकबीच पार्टी समायोजन भएपछि २०७६ मंसिरमा सम्पन्न कांग्रेस महासमिति बैठकपछि युवा नेता विनोद महासमिति सदस्यमा मनोनित भएका थिए ।

यस्तै २०७५ सालमा कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा उनी मनोनित भए । तत्कालिन सशस्त्र द्धन्द्धका क्रममा उनले नेकपा माओबादीबाट दुःख पाएका थिए । पार्टीको राजनीतिसँगै सामाजिक अभियानमा पनि उनको त्यतिकै योगदान रहेको छ । बाँकेको बैजानाथ गाउँपालिका ७ पेडारीमा जन्मिएका बिनोदले १७ बर्षको उमेरदेखि नै राजनीतिमा सक्रिय छन् ।

२०३७ सालमा साबिकको बनकटवा गाबिसको पेडारीमा जन्मिएका बिनोद १७ बर्षको उमेरमै नेबिसंघको सदस्यता लिएका थिए । राजनीतिमा बिनोदको २४ बर्षको योगदान छ ।

करिब २ दशक बढी लामो राजनीतीमा योगदान दिएका बिनोदले थुपै समाजिक काम गरेका छन् । बाँकेको बैजानाथ गाउँपालिका नामाकरण गर्दा २००७ सालको किसान अन्दोलनका क्रममा शहिद भएका बैजानाथ थारुको नामबाट बैजानाथ गाउँपालिका नामाकरण गर्दा बिनोदले संयोजकको रुपमा अहम भुमिका निर्वाह गरेका छन् ।

कमैया मुक्ती र शिक्षा अभियानमा साक्रिय भुमिका निर्वाह गरेका छन् । २०५७ सालमा मुक्त कमैयाहरुको बालबालिकाहरुका लागि शिक्षाको अभियान सुरु गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले कमैया मुक्ती घोषणा गरेपछि मुक्त कमैया पुर्नस्थापना अभियानमा सहभागी भएका थिए । उनी २०६८ सालमा थारु कल्याणकारिणी सभा बाँकेको जिल्ला सदस्य भए ।

वनोद २०७४ सालमा थारू कल्याणकारिणी सभा बाँकेको सभापतिमा निर्वाचित भएका थिए । २०७२ सालमा स्थानीय तह पुर्नसंरचनाका क्रममा बैजनाथ गाउँपालिका नामाकरण गर्दा संयोजक भएर प्रमुख भुमिका निभाएका थिए ।

‘पार्टीको निर्वाचन नजिक आउँदै गर्दा मैले पनि आफ्नो उम्मेदवारीलाई स्वभाविक रुपमा लिएको छु,’ उनले भने ‘म निर्वाचित भएपछि पार्टीलाई एकतावद्ध गराउँदै संगठन निर्माणमा लाग्नेछु, हरेक कार्यकर्ताको दुःख र पीडालाई बुझेर काम गर्नेछु ।’

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments