किशोर राठौरको शन्देश : संस्थापन पक्षको आधिकारिक उम्मेदवार कुर्मी

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेमा संस्थापन पक्षकोतर्फबाट केन्द्रको निर्देशन अनुसार सहमहामन्त्री किशोर राठौरले बादशाह कुर्मीलाई जिल्ला सभापतिको आधिकारिक उम्मेदवार घोषणा गर्नुभएको छ ।

नेपालगन्ज जडिबुटी संघमा १८ गते आज बसेको संस्थापन पक्षको आक्स्मिक बैठकमा संस्थापन पक्षले बादशाह कुर्मी नै जिल्ला सभापतिको आधिकारिक उम्मेदवार भएको बताइएको छ ।

नेपाली काँग्रेस केन्द्रीय सहमहामन्त्री राठौरको निर्देशनमा बसेको संस्थापन पक्षको बैठक अनुसार सहमहामन्त्री राठौरले केन्द्रमा समन्वय गरि बाँके जिल्ला सभापतिमा कुर्मी सस्थापन पक्षको उम्मेदवार भएको जानकारी गराउनु भएको क्षेत्र नम्बर ३ का सभापति नकि खाँले बताउनुभयो ।

क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नकि खाँ, क्षेत्र नम्बर १ का पुर्व सभापति माधव केसी, नगर सभापति प्रशान्त बिष्ट, नेपाल तरुण दल बाँकेका सभापति बीरेन्द्र बहादुर शाह, प्रदेश सांसद याकुब अन्सारी, नेता राज कुमार बर्मा, माया पुन लगायतका पदाधिकारीहरुले कुर्मी नै संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएकाले कोही पनि भ्रममा नपरि कुर्मीलाई मतदान गरि बिजय गराउन आग्राह गर्नुभयो ।

लोकप्रियताका कारण अत्याधिक मतले जिल्ला सभापतिमा बादशाह कुर्मी बिजय हुने संस्थापन पक्षका नेता तथा कार्यकर्ताहरुले बताए । गुट उपगुट आफ्नो ठाउँमा रहेको भन्दै नेपाली काँग्रेसमा आस्था राख्ने नेता तथा कार्यकर्ताको रोजाईमा कुर्मी परेको नगर सभापति प्रशान्त बिष्टले बताउनुभया ।

सरल र सहज स्वभावका नेता कुर्मी आफ्नो कार्यकर्ताको लागि दिन रात नभनि कार्यकर्ताको बचाउमा लाग्ने, सङ्गठनलाई बलियो बनाउने कार्य गर्दै आएको र कुर्मीको नेतृत्वमा जिल्लामा सबै स्थानीय तह तथा संसदीय चुनाव जित्न सकिने कार्यकर्ताहरु बताउँछन् ।

Previous article१७ बर्षको उमेरदेखि नै राजनीतिक पहिचान बनाएका बिनोद
Next articleशैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here