शैक्षिक गुणस्तरका लागि अतिरिक्त क्रियाकलापमा जोड

साहिल शेष (ताहिर)
खजुराखुर्द । बाँकेको जानकी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा गाउँपालिका स्तरीय चित्रकला र निबन्ध प्रतियोगिता २०७८ सम्पन्न भएको छ ।

गाउँपालिका मातहतका २७ वटा विद्यालयका विद्यार्थीले चित्रकला र निबन्धमा सहभागी भएका हुन । कक्षा ४ र ५ का विद्यार्थीले चित्रकला शिर्षकमा मलाई मन पर्ने विद्यालय ६,७ र ८ का विद्यार्थीले निबन्धमा शिर्षकमा मेरो देश र ९ र १० का विद्यार्थीले निबन्धमा शिर्षकमा विद्यालय जीवन अनुशासनको महत्व बारे विद्यार्थीले भाग लिएका थिए ।

निबन्धमा ६ वटा विद्यालयका २४ जना विद्यार्थी र चित्रकलामा २१ वटा विद्यालयका ३६ जना विद्यार्थीले सहभागी भएका थिए । चित्रकलातर्फ प्रथममा जानकी मावि खजुराखुर्द, दोस्रोमा नेराप्रावी इन्द्रपुर, तेस्रोमा बाल बिकास ईमि स्कुल मानपुर, सान्त्वना नेरा प्रावी पचपोखरा हुन सफल भएको छ ।यस्तै निबन्धतर्फ ६ देखि ८ सम्मको प्रथम बाल बिकास ईमि मानपुर, दोस्रो ब्राइट स्टार ईमि खजुराखुर्द, तेस्रो बाल बिकास ईमि मानपुर र सान्त्वना तर्फ शिवपुरी मावी शिवपुरी तथा निबन्ध तर्फ ९ र १० प्रथममा बाल बिकास ईमि स्कुल मानपुर, दोस्रोमा बाल बिकास ईमि स्कुल मानपुर, तेस्रो शिवपुरी मावी शिवपुरी सान्त्वना स्थान ब्राइट स्टार ईमी स्कुल खजुराखुर्दका विद्यार्थीले हात पारेको शिक्षक महासंघ जानकीका अध्यक्ष एवं शिवपुरी मावी का प्रधानाध्यापक द्रोण थापाले समयपत्रलाई बताउनु भयो ।

प्रतियोगितामा प्रथम विजेता भएकालाई १ थान झोला, १ दर्जन कपि, १ दर्जन पेन र १ थान ज्यामेटरी बक्स गरी दुई हजार पाँच सय मुल्य बराबरको उपहार प्रदान गरिएको छ ।

यस्तै दोस्रो विजेतालाई १ थान झोला, १ दर्जन कपि, १ दर्जन पेन र १ थान ज्यामेटरी बक्स गरी दुई हजार दुई सय मुल्य बराबरको उपहार प्रदान गरिएको र तेस्रो विजेताले १ थान झोला १ दर्जन कपि १ दर्जन पेन र १ थान ज्यामेटरी बक्स गरी दुई हजार मुल्य बराबरको उपहार प्रदान गरिएको छ ।

यस्तै सान्त्वनातर्फका विजेतालाई १ थान झोला १ दर्जन कपि १ दर्जन पेन र १ थान ज्यामेटरी बक्स गरी १ हजार ८ सय मुल्य बराबरको पुरस्कार प्रदान गरिएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत प्रतिभा वली खड्काले जानकारी दिनु भयो ।बिजयी बिद्यार्थीलाई जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भुमिसरा धितालले पुरस्कार वितरण गर्नुभएको थियो । चित्रकलातर्फ निर्णायकमा श्यामानन्द सिंह ठकुरी, सहयोगी निर्णायक शिक्षा युवा तथा खेलकुद शाखा प्राविधिक सहायक झुमी ओली र निबन्धतर्फ निर्णायक योगेन्द्र ओली तथा शान्ती कटेलले निर्वाह गर्नुभएको थियो ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, शिक्षा शाखा अधिकृत प्रतिभा खड्का वली, प्राविधिक सहायक झुमी ओली, सामाजिक विकास समितीका संयोजक टिकाराम सुनार, भौतिक पुर्वाधार समितिका संयोजक राजकुमार धोबी, नेरा शिक्षक संगठनका अध्यक्ष रेखा डिसि, समाजवादी शिक्षक संघका अध्यक्ष आदित्य वर्मा लगायतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक महासंघ जानकीका अध्यक्ष एवं शिवपुरी माविका प्रअ द्रोण थापाले गर्नु भएको थियो ।

कार्यक्रममा शिक्षक र विद्यार्थी गरी सय बढीको उपस्थिति रहेको थियो । स्थानीय सरकार आएपश्चात गाउँपालिकाको शिक्षालाई गुणस्तरीय बनाउने अभियान थालिएको छ । सोही अभियान अन्तर्गत शैक्षिक क्षेत्रको भौतिक बिकासदेखि लिएर शैक्षिक बिकासका लागि आवश्यक क्रियाकलापलाई गाउँपालिकाले बिशेष जोड दिएको शिक्षा शाखा प्रमुख खडकाले बताउनुभयो ।

यस्तै जानकीभित्रका सामुदायिक बिद्यालयहरुमा सुधार पनि देखिन थालेको छ ।

Previous articleकिशोर राठौरको शन्देश : संस्थापन पक्षको आधिकारिक उम्मेदवार कुर्मी
Next articleमहेन्द्र बुहुमुखि क्याम्पस प्रमुख लगायत कक्षमा तालाबन्दी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here